समाचार

प्रहरी नायव उपरीक्षक केसीको निधन

काठमाडौं । प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बरबहादुर केसीको अबुर्द रोगबाट निधन भएको छ । केसीको बुधवार राती प्रहरी अस्पताल महाराजगञ्जमा निधन भएको हो । पेटको क्यान्सरबाट पिडीत केसी पुस २७ मा प्रहरी अस्पतालमा भर्ना भएका थिए । गतराति उनको निधन भएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।

केही समयअघि उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दरबन्दी भएका केसी खानेपानी बोर्डमा कार्यरत थिए । उनी बाग्लुङका स्थानीय हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *