समाचार

शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।

काठमाडौंबाट पर्वत जाँदै गरेको देउवा सवार हेलिकप्टर पालुङटारको आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरेको हो । प्रतिकुल मौसमको कारण हेलिकप्टर आकस्मिक अवतरण गरिएको बुझिएको छ ।

गोरखा प्रहरीले खराब मौसमका कारण हेलिकप्टरलाई आकस्मिक अवतरण गरिएको जनाएको छ । तत्कालिन माओवादीबाट मारिएका कांग्रेस पर्वतका नेता हरिदत्त तिवारीको स्मृति दिवसमा भाग लिन देउवा पर्वत जाँदै थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *