समाचार

कमल थाापाले भने, भारतीय पत्रकारको टिप्पणी हावादारी र उडन्ते

काठमाडौं । जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाको नाम ‘माउन्ट सिकदर’ राख्नुपर्ने र भारतले आफ्नो दाबी पेस गर्नुपर्ने अभिव्यक्तिप्रति राप्रपा अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । उनले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत भारतीय पत्रकारको अभिव्यक्तिलाई हावादारीको संज्ञा दिएका छन् ।

थापाले लेखेका छन्, ‘सगरमाथासम्वन्धि एक भारतीय पत्रकारको टिप्पणी हावादारी, उडन्ते र अनुपयुक्त छ ।’ चौधरी तिनै हुन्, जसले केही दिनअघि प्रधानमन्त्री केपी ओलीको अन्तर्वार्ता लिएको थियो । सो अन्तर्वार्तालाई प्रायोजित मान्नेको संख्या बढेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *