काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बाको पदमा ४११ कर्मचारीको माग गरेको छ ।
बुधबार नासु पदमा विज्ञापन प्रकाशित गर्दै आयोगले उक्त ठूलो संख्यामा कर्मचारीको माग गरेको हो । जसमा खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गरिनेछ ।
कुन-कुन कार्यालयले मागे कर्मचारी ?
काठमाडौं कार्यालय
-खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताको आधारमा ४८ जना
धनकुटा कार्यालय
-खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ जना
जलेश्वर कार्यालय
-खुलामा ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना
पोखरा कार्यालय
-खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जना
बुटवल कार्यालय
-खुल्लामार्फत् ५३, ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जना
सुर्खेत कार्यालय
-खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० जना
दिपायल कार्यालय
-खुल्लामा ३७ जना, ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट ९ जना
इच्छुक व्यक्तिले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
विज्ञापन






