राजनीति

ओली सच्चिनुभन्दा नाङ्गै हिड्छन : दाहाल-नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा विभाजन भएपछि एकले अर्कोलाई आरोप प्रत्यरोप गर्ने क्रम बढिरहेको छ । यसक्रममा नेकपा प्रचण्ड–नेपाल समूहले पोखरामा गरेको आमसभामा प्रचण्ड नेपाल दुवैले ओलीलाई गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाए ।

नेकपा (दाहाल–नेपाल) पक्षका कार्यकर्ताको प्रदेश भेलालाई सम्बोधन गर्न मंगलबार पोखरा पुगेका नेपालले सूर्य चिन्ह चाहेर पनि कसैले खोस्न नसक्ने बताउदै केपी शर्मा ओलीको विनाशकारी बुद्धिका कारण आज मुलुक द्वन्द्वमा फसेको र केपी भाँचिन तयार छन् तर, सच्चिन नचाहेको बताए । पार्टीमा बहुमत पुर्याउँछु भन्दै सडकमा हिँड्नेलाई पनि केन्द्रीय सदस्य बनाउँदैमा ओलीले नेकपा आधिकारिक पार्टी बनाउन नसक्ने अध्यक्ष नेपालले ठोकुवा गरे । ओलीमा कम्युनिष्ट भावना नै नरहेको बताउँदै उनले आफूहरु नबिराएकाले नडराई संघर्षको मैदानमा उत्रिएको बताए । पार्टी एकताका लागि संघर्ष जरुरी रहेको उनको भनाइ थियो ।

माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालसँग ओर्जिनल सहमति गरेको बताएका छन् । पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले माधव नेपाललाई पञ्चायत विरोधी आन्दोलनबाटै चिनेको बताए । प्रचण्डले कसैले भन्दैमा एकता नबिग्रने बताए । ‘म माधवको पक्षमा गएकै हो । त्यसो भनेर के बिग्रन्छ ? माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमा । एकता गरेको हो नि हामीले, ओर्जिनल सहमति हो’, प्रचण्डले भने । नेकपाका अर्का अध्यक्ष केपी ओलीभन्दा माधवकुमार नेपाल हजार गुणा इमान्दार भएको बताएका छन् । ‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासनको पक्षधर’, प्रचण्ड भने ।

प्रचण्डले माधव नेपाल ओलीभन्दा हजार गुणा बढी क्रान्तिकारी भएको समेत बताए । गणतन्त्रबारे ओलीको धारणा सबैले बुझेको बताउँदै प्रचण्डले भने, ‘केपी ओलीको उद्देश्य इमान्दारिताको रहेनछ । नाङ्गै हुने छलछामको तरिका अपनाउने रहेछ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *