समाचार

गंगामायाको स्वास्थ्यावस्था नाजुक

काठमाडौं । अनसनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्यावस्था कमजोर बनेको छ । उनी २२ दिनदेखि अनसनमा छन् । उनको जीवन रक्षाको माग गर्दै अधिकारकर्मीहरुले मंगलबार काठमाडौंको वीर अस्पताल अघि प्रदर्शन गरेका छन् ।

आफ्ना छोराका हत्याराका साथै पतिलाई अनशनमै मर्न विवश बनाउने राज्य सञ्चालकलाई समेत कारबाही माग गर्दै गंगामाया १२ औं पटकको अनसनमा बसेकी छन् ।

छोराको हत्यारालाई कारबाही माग राखेर लामो समयदेखि संघर्षरत अधिकारीको अवस्था नाजुक बन्दै गएको भन्दै अधिकारकर्मीले प्रदर्शन गरेका हुन । गंगामायाको स्वास्थ्य बिग्रिएको भन्दै सरकारलाई दबाब दिन ‘गंगामाया बचाऔं अभियान सञ्चालन गर्नुपरेको अधिकारकर्मीले बताए ।

२०६१ साल जेठको २४ गते आफ्ना मावली हजुरबा हजुरआमा भेट्न चितवन आएका बेला अधिकारीका १६ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो । आफ्ना छोराका हत्याराका साथै पतिलाई अनशनमै मर्न विवश बनाउने राज्य सञ्चालकलाई समेत कारबाही माग गर्दै गंगामाया १२ औं पटकको अनसनमा बसेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *