समाचार

दार्चुलामा भूकम्पको धक्का

धनगढी । दार्चुलामा मंगलबार बिहान भूकम्प गएको छ।आज बिहान ९:४८ बजे दार्चुलाको सुनसेरा आसपास केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महसुस गरिएको छ । सो भूकम्प गोरखा महाभूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *