काठमाडौं । राष्ट्रिय एकता दिवस तथा २९९ औं पृथ्वी जयन्ती मनाउन सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा जान प्रहरीले रोक लगाएपछि नेपाली कांग्रेस (बीपी)ले आपत्ति जनाएको छ ।
पार्टी कार्यालयका सचिव सुशीलराज वाग्लेले विज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता दिवस तथा २९९ औं पृथ्वी जयन्तिको अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सिंहदरबार पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न जाने क्रममा पार्टीको झण्डा र राष्ट्रिय झण्डा बोकेका राष्ट्रवादी, प्रजातन्त्रवादी समुहलाई प्रहरीले रोकेको थियो । प्रहरीले पार्टीको झण्डा र राष्ट्रिय झण्डा नियन्त्रमा लिएको थियो ।
पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न रोक लगाउने उद्देश्यले गरिएको प्रहरीको धरपकडप्रति नेपाली कांग्रेस (बीपी) ले भत्र्सना र निन्दा गरेको छ ।
जनशक्तिप्रति गृह प्रशासन पछि हटन बाध्य भएको र प्रहरीको धरपकडका बीच पनि पार्टीको झण्डा तथा राष्ट्रिय झण्डा बोकेका राष्ट्रवादी, प्रजातन्त्रवादी समूहले पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न सफल भएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




