समाचार

नेपाली सेनाले भव्य ढंगले मनायो पृथ्वी जयन्ती

काठमाडौं । नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाएको छ ।

एकता दिवसको अवसरमा सोमबार सैनिक जङ्गी अड्डास्थित पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण कार्यक्रम राखियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले पृथ्वीनारायण शाहको सालिकमा सलामीका साथै पृथ्वीनारायण शाह अध्ययन केन्द्रको समुद्‍घाटन गरेका छन् । नेपाली सेनाले पृथ्वी जयन्ती मनाउन काठमाडौंदेखि गोरखा दरबारसम्म बाजागाजासहित पदयात्रा पनि सम्पन्न गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *