समाचार

कांग्रेस नेता पौडेल भन्छन्, पृथ्वीनारायणलाई अभिनन्दन गरौं

काठमाडौं । झन् पछि झन् नेपालमा पृथ्वीनारायण शाहको सान्दर्भिकता बढ्दै गएको छ । विगतका दिनमा भन्दा पृथ्वीनारायणलाई नेपालीले बढी नै सम्झिन थालेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो लोकप्रियताका कारण पनि पृथ्वीनारायणलाई माया गर्ने नेपालीको संख्या धेरै देखिएको हो । के नेता, के अभिनेता, के पत्रकार, के वकिल, के डाक्टर सबैका सबै पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्ने पक्षमा उभिएका छन् ।

यसैक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहलाई सम्झने र उनको अभिनन्दन गर्नुपर्ने विचार अघि सारेका छन् । नेता पौडेलले आजका दिनमा एकता दिवस तथा पृथ्वी जयन्तीको सान्दर्भिकता बढेको उनको भनाइ छ ।

‘आजको दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झौँ र अभिनन्दन गरौं । सँगसँगै नेपालमा संविधानवाद् र लोकतन्त्रका पहरेदार चार पूर्वप्रधानन्यायाधीशको पनि लोकतान्त्रिक नेपालले अभिनन्दन गर्नुपर्ने छ,’ नेता पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *