समाचार

पृथ्वी जयन्तीमा सार्वजनिक विदा

काठमाडौं । राष्ट्रिय एकीकरण दिवसको अवसरमा नुवाकोटको विद्र नगरपालिकाले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।


नगरपालिकाको २४ गते बसेको बैठककोे निर्णय अनुसार राष्ट्रिय एकीकरण दिवसको अवसरमा भोलि सम्पूर्ण कार्यालयहरुलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरी एकीकरण गरेको खुसीयालीमा सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकिय अधिकृत दिवाकर चापागाईले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *