काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
आइतबार दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा सचिवालय बैठक बोलाइएको स्रोतले बताएको छ । आजको बैठकमा आन्दोलनलाई प्रभावकारी बनाउने कार्ययोजना बनाउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।




