समाचार

प्रधानमन्त्रीको जिकिर, निर्दलीय प्रधानमन्त्रीले पनि मध्यावधि निर्वाचनको सिफारिस गर्न सक्छ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निर्दलीय प्रधानमन्त्रीले पनि मध्यावधि निर्वाचनको सिफारिस गर्न सक्ने दाबी गरेका छन् । स्वदेशका शक्ति विदेशीको गोटी बन्न थालेपछि आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

उनले पार्टी अध्यक्ष पद जोगीको कमण्डलु हो र माग्नेवित्तिकै दिनुपर्ने भन्दै आपत्ति पनि प्रकट गरे । उनले निर्वाचनबाट केही शक्ति डराएको बताए । उनले चुनावको मैदान तयार भइसकेको र आफूले गल्ती गरे जनतालाई दण्ड दिन आग्रह गर्न पनि अपिल गरे ।

उनले भारी मनका साथ प्रतिनिधिसभा भंग गर्नुपरेको पनि बताए । यसलाई उनले आफूले गल्ती गरेको भए सजाय दिन आग्रह पनि गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *