काठमाडौं । मन्त्रिपरिषद्को कार्यविधिअनुसार सोमबार र बिहीबार मात्र मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । तर, प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । यतिबेला प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।
साढे ११ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकका लागि केही समय अवधि राखेर मन्त्रीहरुलाई सन्देश पठाइएको एक मन्त्रीले जानकारी दिए। तर, नियमित बैठकको एजेन्डाबारे केही जानकारी गराइएको छैन ।
राष्ट्रिय सभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैछन् । आफूले सम्बोधन गरिसकेपछि सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन पनि छिट्टै अन्त्य गर्न लागेको स्रोतले जानकारी दिएको छ ।




