समाचार

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने भएको छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

पुस ५ गते संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्न लागेका हुन् ।

ओलीले पछिल्लो राजनीतिक परिस्थितिबारे बैठकमार्फत सम्बोधन गर्ने तयारी रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। यसअघि बसेका राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको व्यापक विरोध भइरहेको छ ।

नेकपा प्रचण्ड नेपाल समूह र नेपाली कांग्रेसका सांसदहरूले प्रधानमन्त्री ओलीले असंवैधानिक निर्णय गरेको आरोप लगाएका छन् । सांसदहरूलाई जवाफ दिन पनि ओलीले आज सम्बोधन गर्न लागेका हुन् ।

यस्तै, बैठकमा ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *