धर्म/सस्कृति

गाँजालाई वैधानिक रुपमा खुल्ला गर्न विश्व हिन्दू युवा संघको माग

पृथ्वी जयन्ती पारेर गाँजाबारे जनचेतना कार्यक्रम गर्ने घोषणा


काठमाडौँ । विश्वहिन्दू युवा संघले गाँजालाई बैधानिक रुपमा खुल्ला गर्नुपर्ने माग गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर विश्व हिन्दू युवा संघले गाँजा जडिबुटी भएकाले वैधानिक रुपमा खुल्ला गर्नुपर्ने माग राखेको हो ।

कार्यक्रममा विश्व हिन्दू युवा संघले नेपालका सम्पूर्ण जातजातीका मौलिक धर्म रितिरिवाज,संस्कृति,भेषभुषा, लिपीलगायतको संरक्षण र विकास गर्नुपर्नेमा जोड दिएको थियो । नेपालमा रहेको बहुमूल्य जडिबुटी रुख विरुवा र व्यवसायिक खेती गरेर विश्व बजारमा पुर्याउनु पर्ने संघले माग राखेको छ ।

कार्यक्रममा विश्वहिन्दू युवा संघका संयोजक ऋषि केश जंगशाहले विभिन्न षड्यन्त्रद्वारा नेपालको बहुमुल्य बनस्पती गाँजामाथि लगाईएको प्रतिबन्धलाई हटाउन आगामी पौष २७ गते राष्ट्रिय दिवसको अवसरमा मैलिक पोशाक र गाजाबाजासहित माइतीघर मण्डलामा भव्य प्रदर्शन गर्ने बताए । उनले भने,‘देशभर गाँजाको महत्व र यसबाट हुने विभिन्न उत्पादनका बारेमा जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिने छ ।’

कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य गेली शेर्पा, रमेश कुँवर र बालक्लबका अध्यक्ष मनोज थापाले संयुक्त रुपमा नेपालमा गाँजामाथि लगाइएको प्रतिबन्ध हटाउन र बैधानिकता दिनुपर्नेमा जोड दिएका थिए ।

संघका केन्द्रीय सदस्य शेर्पाले भने,‘ नेपाललाई गााँजामाथिको प्रतिबन्ध हटाउनु पर्छ । नेपालका आधाभन्दा बढी जनसंख्या गाँजालाई बैधानिकता दिँदा समृद्व हुनेछ ।’ अगामी पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा माइतीघर मण्डलामा भव्य प्रदर्शन गर्ने समेत उनीहरुको भनाई थियो ।

विश्व हिन्दू युवा संघको मंसिर १७, १८ र १९ गते बसेको केन्द्रिय समितिले गरेका निर्णयहरु यस प्रकार छन् :

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *