समाचार

सशस्त्रमा तीन दर्जन उच्च अधिकारीहरु घर जाँदै, बढुवाको ताँती लाग्ने

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा पुस मसान्तबाट एआइजी नारायणबाबु थापासहित एक दर्जन एसएसपी, एसपी र डिएसपीहरुले अनिवार्य अवकाश पाउने भएका छन् । ३० वर्षे सेवा हदका कारण उनीहरुले अनिवार्य अवकाश पाउने भएका हुन् ।

सशस्त्र प्रहरी बल स्थापना भएपछि नेपाल प्रहरीबाट सेवा स्थान्तरण गरेकाहरु नै अवकाशमा जान लागेका हुन् । उनीहरु ०५८ सालमा सेवा स्थानान्तरण गरेर सशस्त्र प्रहरीमा गएका थिए । अनिवार्य अवकाश पाउनेमा एआईजी थापा उच्च अधिकृत हुन् । थापाले अवकाश पाएपछि सो पद स्वतः खारेज हुनेछ । अब सशस्त्र प्रहरीमा दुई जना मात्रै एआइजी हुनेछन् ।

सशस्त्र प्रहरीबलका अनुसार अनिवार्य अवकाश पाउने एसएसपीहरुमा इन्द्रराज कार्की, जयबहादुर खड्का, नेत्रकुमार खत्री, प्रेमराज पोखरेल, प्रकाश श्रेष्ठ, शान्तिकुमार कार्की, श्याम कोइराला, सुदेशकुमार गुरूङ र राजेन्द्रकुमार अधिकारी रहेका छन् ।

त्यसैगरी एसपीहरुमा मातृकाप्रसाद कोइराला, ओजेश ओली, प्रेमध्वज शाह, गाहारधन राई, सोमबहादुर गुरुङ, राजु पाँडे, समरबहादुर श्रेष्ठ, कृष्णप्रसाद कोइराला, खेमबहादुर थापा, तुलसिराम दाहाल, रोशन श्रेष्ठ, बसन्तकुमार वोगटी, दिलबहादुर पन्थ, दलबहादुर श्रेष्ठ, तारिक चन्द चैधरी, अर्जुन प्रसाद सापकोटा रहेका छन ।

लामो समय सञ्चार शाखामा रहेका डीएसपी अजयकुमार छतकुली पनि पुस मसान्तबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यस्तै, भरत बस्नेत, जीवनबहादुर भण्डारी, डिल्लीकुमार कार्की, प्रकाश कुमार माझी, रूमबहादुर कार्की, शंकरकुमार पोख्रेल, जगदिश प्रसाद थारू, उपेन्द्रबहादुर बुढा क्षेत्री रहेका छन् । उनीहरुको अवकाशपछि ३० जना भन्दा बढी अधिकृतहरुको बढुवा प्रकृया अघि बढ्नेछ ।

करिब तीन दर्जन उच्चअधिकारीहरूको अवकाशसँगै सशस्त्रमा बढुवाको पनि ताँति नै लाग्ने देखिएको छ । अघिल्लो साता मात्रै ६ जना एसएसपीलाई डिआईजीमा बढुवा सिफारिस गरेको सशस्त्रमा अब खालि हुने एसएसपी बढुवाका लागी न्यूनतम योग्यता पुगेका उमेदवार नै छैनन । सशस्त्रमा एसएसपीमा बढुवाका लागी एसपीमा कम्तिमा चार वर्ष पूरा भएको हुनै पर्ने नियम छ।

तर अहिले कोही पनि उक्त नियमावलीभित्र नपर्ने देखिएपछि सशस्त्रमा कायमुकायम बढुवाको तयारी थालिएको छ । यसरी कायममुकाय बढुवाका लागी ०७५ वैशाख २६ गते बढुवा भएका सि सं. १ को टोली अग्रपंक्तिमा रहेको छ । सो टोलीमा सुरेशकुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी, पुरुषोत्तम थापा, अन्जनीकुमार पोखरेल, मनिष थापा, प्रकाश थापा रहेका छन् । त्यसैगरी मुरारी बस्नेत, रेशमकुमार थक्सु, कृष्ण ढकाल, विशेश्वर थापा, विनोदराज श्रेष्ठ, प्रविण कँडेल कायममुकायम बढुवाको सुचीमा छन् ।

त्यसैगरी सिंस २ का विष्णुप्रसाद भट्ट, दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसि, कमलप्रसाद तिउसिना, निरकृष्ण अधिकारी, सुधिरजंग थापा, किरण वस्नेत, माधवप्रसाद पौडेलसम्म एसएसपी बढुवाको सूचीमा छन् । अहिले एसएसपीका १० पद रिक्त रहेका भएपनि आगामी माघ १ गतेसम्म रिक्त पद संख्या २१ पुग्ने सशस्त्र प्रहरी बल नेपाल हलचोक स्रोतले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *