समाचार

नेकपा एकता जोगाउन वामदेवको अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन अभियान सुरु गरेका छन् । पार्टी विभाजनपछि कतै पनि नलागेको गौतमले शनिबार एक अपिल जारी गर्दै आफूले कुनै पनि समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियान सुरु गरेको जानकारी दिएका हुन् । पुनर्एकीकरणमा सामेल नभए नेताहरुलाई नेपाली जनताले कहिल्यै माफी नदिने उनको भनाइ छ ।

‘यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनर्एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिनेछैनन्,’ गौतमले अपिलमा भनेका छन्।

उनले एक अर्कालाई दोष दिँदै सामान्य मानमर्यादा उल्लंघन गर्दै आफ्ना ऐतिहासिक योगदानाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीहरुलाई हसाउँदै सुरु गरेको लडाइँ बन्द गर्न र पुनर्मिलन गर्न पनि आव्हान गरेका छन्। ‘हजारौं सहिदहरुको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित सञ्चालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधलाई पार्टी पद्दतिअनुरुप सम्मानजनक ढंगबाट हल गरौं,’उनले भनेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *