काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र गैरसरकारी संस्थालाई कारबाही गर्न माग गरेको छ । पछिल्लो चरणमा नेपालको शान्ति प्रकृया, बाल सेनाको व्यवस्थापन, घाइते तथा अपांगता भएका व्यक्तिहरुका सम्बन्धमा गैरसरकारी संस्थाले गलत क्रियाकलाप गरिरहेकाले उनीहरुलाई कारबाही गर्नुपर्ने माग गरेको हो ।
विशेष गरी पिस बिल्डिङ इनिसिएटिभलगायत विभिन्न गैरसरकारी संस्थाले विगत लामो समयदेखि निरन्तर रुपमा गलत क्रियाकलाप गरिरहेकाले उनीहरुलाई कारबाही गर्न माग गरेको संयोजक अर्जुन बुढाथोकी र सचिव शोभा पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




