समाचार

नारायणकाजी श्रेष्ठको अदालतलाई चेतावनी, संसद् विघटन सही भन्ने फैसला आए संविधान कागजको खोस्टो हुन्छ

काठमाडौं । नेकपा नेता नारायणकाजी श्रेष्ठले संसद् विघटन सही भन्ने सर्वोच्च अदालतबाट फैसला आए संविधान कागजको खोस्टो हुने बताएका छन् । राष्ट्रिय सभामा शुक्रबार सम्बोधन गर्दै अदालतले संविधानअनुसार फैसला दिनुपर्ने बताए ।

उनले एेतिहासिक राजनीतिक परिवर्तनमाथि कालो बादल मडारिन थालेको बताए । ‘प्रधानमन्त्रीको नेतृत्वको सरकारले सविंधाको ठाडो उल्लङ्घन गरेर नेपालमा सविंधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा बिघटन गर्ने असंबैधानिक कदम चालियो । यो कदम असंबैधानिक मात्रै हैन, यो अलोकतान्त्रिक हो, प्रतिगामी हो । र, यो स्वेच्छाचारी र निरंकुश कदम हो । यसले नेपालमा नेपाली जनताले लडेर ल्याएको उपलब्धिहरुलाई खोस्ने काम गरेको छ । अपहरित गर्ने काम गरेको छ । यो तत्कालको एउटा प्रतिगामी कदम मात्रै हैन, यसले समग्र प्रतिगमनको आधार तयार गर्ने त हैन भन्ने ठूलो आशंका पैदा गरेको छ । र, हामीले ल्याएको एतिहासिक राजनीतिक परिवर्तनमाथि कालो बादल मडारिन थालेको छ ।’

नेता श्रेष्ठ सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीमाथि निकै खनिए । उनले प्रधानमन्त्रीको कदम प्रतिगामी बताए । नेपाली जनताले कहिलेसम्म प्रतिगमनविरुद्ध आन्दोलन गर्ने भन्दै प्रश्न गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *