सुर्खेत । भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ । जाजरकोटतर्फ जाँदै गरेको बस बिहीबार करिब पौने ३ बजे गुर्भाकोट नगरपालिका–९ गरालेमा भेरी नदीमा खसेको थियो ।
नदीमा खसेको बस नम्बर र बसमा कति जना यात्रु सवार थिए भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र भट्टले बताए ।
उनका अनुसार एक जनाको शव भेटिएको र एक जना घाइतेको उद्धार भएको छ ।




