सुदुरपश्चिम प्रदेश

अर्थमन्त्री बोहराले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराद्वारा पदबाट राजिनामा दिएका छन् ।

दोधारको स्थितिमा रहेका मन्त्री बोहरा पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन रहेको बताउँदै उनले राजीनामाको घोषणा गरेका हुन् ।

मन्त्री बोहराले पत्रकार सम्मेलन गर्दै राजनीतिक परिस्थितिका कारण काम गर्न असहज बनेको भन्दै राजीनामा दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *