समाचार

चीनले डब्लूएचओको टोलीका दुई सदस्यलाई आफ्नो देशमा प्रवेशमा लगायो रोक

काठमाडौं । चीनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोलीलाई आफ्नो देशमा कोरोना भाइरसको स्रोत पत्ता लगाउन नदिने भएको छ । आफैंले आमन्त्रण गरेर पनि चीनले डब्लएचओको टोलीलाई चीनले प्रवेशमा रोक लगाएको छ ।

चीनको वुहान जान लागेका डब्ल्यूएचओका दुई अधिकारीलाई चीनले भिसा क्लियरन्सको स्वीकृति नदिएपछि समस्या आएको बीबीसीले जनाएको छ ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रेयेसुसले विज्ञ टोलीलाई चीनमा प्रवेशका लागि आवश्यक अनुमति चीनले नदिएको थाहा पाएको बताएका छन् । ‘म यस खबरबाट निराश छु । टोलीका दुई सदस्यले यात्रा शुरू गरिसकेका छन् र अन्य दुई सदस्यलाई चीनले भिसा क्लियरन्सको स्वीकृति नदिँदा अन्तिम समयमा उनीहरुले यात्रा गर्न सकेनन् । हामी चीनका वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा छौं । चीनले छिटो अनुमति दिनका लागि आन्तरिक प्रक्रिया द्रुत बनाएको भनी मलाई आश्वासन दिइएको छ । अनुसन्धान टोलीले छिटो काम शुरू गरोस् भन्ने हाम्रो चाहना हो,’ उनले पत्रकार सम्मेलनमा भने ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभरि महामारीको फैलिरहेको छ । कोरोना भाइरसको नयाँ स्वरुप पनि आइसकेको छ । वुहानस्थित चिनियाँ ल्याबकी वैज्ञानिकले डब्लुएचओको टोलीलाई स्वागत गर्न आफू तयार रहेको बताएकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *