समाचार

कोरोना कहरसँगै भारतमा बर्डफ्लु भेटियो, २४ सय पन्छी मरे

एजेन्सी । कोरोना कहरकै बीचमा भारतका विभिन्न प्रान्तमा बर्डफ्लु भेटिएको छ ।
केरला, हिमाञ्चल र राजस्थानमा वर्डफ्लू भेटिएको र सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मध्य प्रदेशमा कागमा यसको पुष्टि भइसकेको छ । गुजरात र महाराष्ट्रमा पनि वर्डफ्लू फैलिएको आशंका गरिएको छ । हिमाञ्चल प्रदेशमा मात्रै सोमबारसम्म २४ सय पन्छी मरेसँगै १० किलोमिटरसम्म सतर्कता अपनाउन अपील गरिएको छ । यस्तै यो इलाकामा माछा खरिद विक्रीमा रोक लगाइएको छ । वर्डफ्लू पन्छीबाट पन्छीमा सर्ने गर्छ । यसले पन्छीको ज्यान नै लिने डाक्टरले बताउँदै आएका छन् ।

सन् १९९७ मा वर्डफ्लूको पहिलो संक्रमण देखिएको थियो । यसको संक्रमणबाट अहिलेसम्म झण्डै ४० प्रतिशतको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *