समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २० मिनेट बन्द

काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न स्थानलमा वायु प्रदुषण हुँदा उडान पनि प्रभावित भएका छन् ।

प्रदुषणका कारण उडानका लागि भिजिबिलिटी कम भएका कारण मंगलबार १ः३० देखि १ः५० सम्म त्रिभुवन विमानस्थलमा २० मिनेटसम्म उडान अवरुद्ध भएको विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए ।

विमानस्थल बन्द भएपछि ‘टेक अफ’ र ‘ल्यान्डिङ’का क्रममा रहेका जहाजलाई पनि होल्ड गरिएको थियो । जसकारण अन्तर्राष्ट्रिय र आन्तरिक गरी पाँच उडान प्रभावित भएको कर्णले बताए ।

समान्यतया हवाइ उडानका लागि न्यूनतम १२ सय मिटरको भिजिबिलिटी अवश्यक हुन्छ । उक्त समयमा एक हजार मिटरको भिजिबिलिटी थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *