समाचार

विष्फोटक पदार्थसहित दुई पक्राउ

मान्म । जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीय दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीय पदम बहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुलाई सोमबार बिहान पक्राउ गरेको हो ।

अभियुक्त दुवै नेत्रविक्रम चन्द समूहका कार्यकर्ता भएको र उनीहरुबाट बन्दुक, प्रेसरकुकुर, डिटोनेटर २४ थान, पटके पाँच पाकेट, सकेट नौ थान, गन्धक एक केजी, सोडा आधा केजीलगायतका विष्फोटक सामग्रीसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षकुमार जोशीले जानकारी दिए ।

अभियुक्तलाई विष्फोटक पदार्थ ऐन सम्बन्धी कारबाही हुने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *