समाचार

प्रदर्शनमा सक्रिय सहभागी हुन तरुण दलको परिपत्र

काठमाडौं । नेपाल तरुण दलले कांग्रेसले चरणवद्ध विरोध प्रदर्शनका कार्यक्रममा सक्रिय सहभागी हुन सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।

तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले सोमबार सबै जिल्ला समितिलाई परिपत्र गर्दै आन्दोलनलाई सशक्त बनाउन निर्देशन दिएका हुन् ।

परिपत्रमा भनिएको छ, ‘नेपाली काँग्रेस पार्टीले गर्ने विरोध प्रदर्शनका कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि नेपाल तरुण दलको जिल्ला समितिले जिल्ला पार्टीसँग समन्वय गरी सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न र गराउन नेपाल तरुण दल केन्द्रीय समिति यसै परिपत्र मार्फत निर्देशन गर्दछ ।’

कांग्रेसले पुस २५ गते शनिबार ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्दैछ। त्यस्तै माघ ३ गते शनिबार ७५३ वटै पालिकाहरुमा विरोध प्रदर्शन गर्दैछ भने माघ ८ गते बिहीबार ७५३ पालिकाहरुका ६ हजार ७४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *