समाचार

भूमि व्यवस्थामन्त्री तुम्बाहाङ्फे भन्छिन्, नेकपा विभाजनको घोषणा हुन मात्र बाँकी

विराटनगर । भूमि व्यवस्था गरिबी निवारण तथा सहकारीमन्त्री शिवमाया तुम्बाहाङ्फेले नेकपा विभाजन भयो भनेर घोषणा गर्न मात्र बाँकी रहेको बताएकी छन् ।

विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले भनिन्, ‘नेकपा विभाजन भयो भनेर घोषणा नै भएको छैन ।’

उनले कालापानी, लिम्पियाधुरा समेटिएको नक्सालाई निसान छापमा समेटेर संविधानले समेत चिन्ने बनाउँदा समर्थन गर्नेहरुले सरकारको राम्रो कामबारे भने बोल्न नसकेको बताइन् ।

उनले चुनाव हुँदैन भनेर शंका नगर्न आग्रह गर्दै सुरक्षा निकाय र निर्वाचन आयोगले तयारी गरेपछि चुनाव सुनिश्चित हुने दाबी गरिन् । उनले संसद् विघटन अग्रगमनका लागि उचित भएको दाबी गरिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *