समाचार

पेरिसडाँडामा प्रचण्ड–माधव नेपाल नेकपाको बैठक

काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल समूह) को स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ ।
संसद पुनर्स्थापना र नेकपाको वैधानिकताका लागि दबावमूलक संघर्षको कार्यक्रम गरिरहेको सो समूहको बैठक नेकपाको जनवर्गीय संगठनको केन्द्रीय कार्यालयमा जारी छ ।

बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको घोषित आन्दोलनबारे छलफल भइरहेको छ ।
शनिबार मात्रै दोस्रो चरणको कार्यक्रम घोषणा गरेको यो समूहले संघर्षको थप रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको एक नेताले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *