समाचार

मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट पदमुक्त

काठमाडौं । बजेट बाँडफाँट र योजना कार्यान्वयनका विषयमा अध्यक्षसँग विवाद बढेपछि मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले राजीनामा दिएकी छन् । विष्टले दिएको राजीनामा गाउँ कार्यपालिकाको बैठकले स्वीकृत गरेसँगै उनी पदमुक्त भएकी हुन् ।

संवैधानिक व्यवस्थाअनुसार गाउँपालिका उपाध्यक्षले अध्यक्षलाई राजीनामा बुझाएपछि पदमुक्त हुने व्यवस्था छ । विष्ट पदमुक्त भएसँगै गाउँपालिकाको उपाध्यक्ष पद रिक्त भएको छ ।

मंसिर २९ गते नै उपाध्यक्ष विष्टले राजीनामा दिए पनि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले सार्वजनिक गरेका थिएनन् । गाउँ कार्यपालिकाका सदस्यहरुले उपाध्यक्षको राजीनामाबारे स्पष्ट पार्न भन्दै दबाव सिर्जना गरेपछि उपाध्यक्षको राजीनामा आएको जानकारी गराएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *