समाचार

ओलीले आज फेरि कार्की ब्यांक्वेटमा सम्बोधन गर्ने, फुर्सदमा छन् प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली अचेल निकै फुर्सदमा छन् । प्रतिनिधिसभा विघटन गरेपछि र नेकपा विभाजन भएपछि ओलीलाई फुर्सदै फुर्सद छ । सोही कारण दिनहुँजसो ओलीले कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका छन् ।

बालुवाटारबाटै मुलुकको सत्ता सञ्चालन गरिरहेका ओलीलाई सिंहदरबार जान समय छैन । तर, कहिले पार्टी प्यालेस त कहिले प्रज्ञा प्रतिष्ठानमा नेकपाका कार्यकर्ता भेला गरेर उनले बहुमत नेकपाका नेताहरुलाई उडाइरहेका छन् ।

ओलीले आज मध्याह्न काठमाडौंमा सम्बोधन गर्दैछन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को केन्द्रीय कमिटीले वृहत कार्यकर्ता भेलाको आयोजना गर्दैछ।
मध्यान्ह १२ बजे कार्की ब्याङकेटमा कार्यक्रम सुरु हुने भेलालाई अध्यक्ष ओलीलगायत अन्य उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

तीन दिनअघि मात्रै ओलीले सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई कार्की ब्यांक्वेटमा सम्बोधन गरेका थिए । ओलीले पुस २४ गते कैलालीको धनगढीमा आयोजित नेकपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *