काठमाडौ । रौटहटमा स्वतन्त्र उम्मेदवारबाट चर्चा कमाएका बबन सिंह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहमा प्रवेश गरेका छन् । प्रशासनले वारेन्ट जारी गरेका बेला संविधानसभामा स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव जितेपछि उनको चर्चा चुलिएको थियो ।
बिहीबार रौतटहको गरुडामा आयोजित कार्यक्रममा नेकपाका प्रदेश इन्चार्ज सत्यनारायण मण्डल र अध्यक्ष प्रभु साहले उनलाई पार्टी प्रवेश गराएका हुन् । सिंह पछिल्लो समय जनता समाजवादी पार्टीमा आबद्ध थिए । उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ वाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए ।
गौर काण्डपछि भुमिगत भएर उनले चुनाव प्रचार गरेका थिए । फरार अभियुक्तका रुपमा उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि उनी तराइ मधेस लोकतान्त्रिक पार्टी, नेपाली कांग्रेस हुँदै संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।




