समाचार

काठमाडौंको तापक्रम आज बिहान ०.८ डिग्री

काठमाडौं । केही दिनयता देशभरको तापक्रममा भारी गिरावट आएको छ । हिमाली र उच्च पहाडी भेगमा पानी बरफ बन्न थालेको छ । आज विहान काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार पौने ९ बजे मापन गर्दा तापक्रम ०.८ डिग्री सेल्सियस पुगेको जनाएको छ । विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ डिग्री सेल्सियस थियो । महाशाखाका अनुसार यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।

हरेक दिन चिसो बढ्दै गएको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *