कोशी प्रदेश

प्रहरी र विप्लवबीच दोहरो भिडन्त भएको स्थानमा विस्फोटक पदार्थसहित बन्दोवस्तीका सामाग्री बरामद


संखुवासभा । चैनपुर नगरपालिका स्थित मैदानेमा नेकपा विप्लव समुहका कार्यकता र प्रहरीबीच दोहरो फारिङसंगै विस्फोटक पदार्थ सहित विभिन्न बन्दोवस्तिका सामाग्री समेत प्रहरीले आइतबार वरामद गरेको थियो ।
चैनपुर नगरपालिका वडा नंं ४ मैदानेमा आइतबार नेकपा नेत्रविक्रमचन्द(विप्लव) समुहका संखुवासभा जिल्ला ईन्चार्ज युवराज भन्ने उत्तर कुमार राई समेतको कार्यकर्ताहरुले सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीलाई लक्षित गरी अन्धधुन्दा फायर खोलेपछि प्रहरी र विप्लपबीच दोहरो भिडन्त भएको थियो ।
मैदाने भौगोलिक रुपमा विकट तथा ताप्लेजुङ र तेह्रथुमजिल्लाको सीमाना समेत नजिकै पर्दछ । दोहोरो भिडन्तको क्रममा नेपाल प्रहरीले २ राउण्ड र सशस्त्रप्रहरीले एसएमजी हतियारबाट १५ राउण्ड गोली चलाएको थियो । विप्लवको टोलीले ६ राउण्ड गोली चलाएको प्रहरीको दावी छ । भिडन्तपछि चन्द समूहका कार्यकताहरु जंङ्गलतिर भागेका थिए । भिडन्तमा मानवीय क्षती भने नभएको जनाएको छ ।


सोमबार जिल्लाप्रहरी कार्यालय संखुवासभाले चन्द समुहका कार्यकताबाट वरामद गरेको विस्फोटक पदार्थ पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । घटना स्थलमा सर्च गर्दा जिलेटिन लोला ५० थान, इलेट्रोनिक डिटोनेटर १४ थान, नन–इलेट्रोनिक डिटोनेटर १६ थान, सकेट बम ४ थान, हतियार तथा कम्ब्याड सहितको फोटो ६ थान, मोबाइल ५ थान, एनटिसी सिम १० थान, एनसेल सिम १ थान, मोवाइलचार्जर ३ थान, टर्चलाइट २ थान, कैची, २ थान, लाइटर १ सलाई ५ थान बरामद गरेको थियो ।
यसै गरी स्लिपिङ व्याग ५ थान, पछाडी बोक्ने कम्वाड सहितको झोला ६ थान, त्रिपाल सेट २ थान, सेफ्टी फ्युज २ मिटर , आइइ डी २ थान, चावी १ थान, नगद १ हजार १ सय १५ रुपैया, औषधी र केही सुकुटी, विभिन्न किसिमका कपडाहरु, शैन्य प्रशिक्षण दस्तावेज समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराजमल्लले बताए । भागेका चन्द समुहका कार्यकताहरुको तिब्र रुपमा खोजीकार्य जारी रहेको छ । यस अघि गतमंसिर १ गते पनि सोही स्थानमा विप्लप र सुरक्षाकर्मीबीच दोहरो भिडन्त भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *