काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । बुधबार बिहान अचानक स्वास्थ्यमा समस्या उत्पन्न भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
उनको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
प्रचण्डकी छोरी गंगा दाहालले आमाको उपचारका क्रममा अस्पतालमा रहेको जानकारी दिएकी छन् । सीता लामो समयदेखि विरामी छिन् । उनी एक्लै हिँड्न र खाना खानसमेत सक्दिनन् ।एकजना सहाराको आवश्यकता पर्छ ।
उनको भारत, अमेरिकालगायतका देशमा पनि उपचार गरिएको थियो । तर, कहीँ सफल उपचार हुन सकेन ।




