एजेन्सी । क्रोएशियामा मंगलबार ६.४ रिक्टरकाे भूकम्पका कारण धेरै जनधनको क्षती भएको छ ।
भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । यसबाहेक थुप्रै घाइते भएका छन् । पेट्रिनिजा इलाकाका मेयरले लगभग आधा इलाका बर्बाद भइसकेको र मानिसहरुलाई भग्नावशेषबाट निकालिने कार्य सुरु भएको जानकारी दिए । बीबीसीका अनुसार भुकम्पको झट्का बोस्निया, सर्बिया र इटलीमा पनि महसुस गरिएको थियो ।
क्रोएशिया मिडियाले दिएको जानकारी अनुसार एक महिलालाई पेट्रिनिजाको टाउन हलको भग्नावशेषबाट जिउँदै उद्दार गरिएको छ ।




