समाचार

नेताहरुले व्यक्तिमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारेः मुख्यमन्त्री गुरुङ

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी )नेकपा)को जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण जिल्ला सदरमुकाममा सम्पन्न भएको छ । भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपालाई यहाँसम्म ल्याउन धेरै नेताको योगदान रहेको बताउँदै देशको अहिलेको अवस्थाले सिङ्गो नेकपा चिन्तित भएको जनाए ।
गण्डकी प्रदेश नेकपा इञ्चार्ज गुरुङले नेताहरुले व्यक्तिमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारेको विचार राखे ।

यसैबीच यहाँ आयोजित प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा दाहाल– नेपाल समूहका केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सहञ्चार्ज यशोदा सुवेदीले सडकबाटै प्रतिनिधिसभा विघटनको कदमलाई सच्याउन सङ्घर्ष गरिने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *