काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले चिनियाँ कम्युनिस्ट पार्टीको हस्तक्षेपको आलोचना गरेका छन् । भाइचारा सम्बन्ध भन्दै चिनियाँ कम्युनिस्ट पार्टीले नेकपालाई सुझाव दिए जस्तै भारतीय कंग्रेसले नेपाली कांग्रेसलाई र र भाजपाले राप्रपालाई सुझाव भन्दै दबाब दिए नेपालको स्वाभिमानको हालत के होला भन्दै प्रश्न गरेका छन् ।
तीन दिनदेखि चिनियाँ कम्युनिस्ट पार्टीका नेता नेपालमा छन् । उनीहरूले नेकपाका शीर्ष नेता भेटेर पार्टी विभाजन नगर्न, मिलेर जान दबाब दिइरहेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीलाई नेपालबाट कसैले आमन्त्रण गरेको अहिलेसम्म पुष्टि भएको छैन । त्यसैले चिनियाँ हस्तक्षेपको चौतर्फी विरोध हुन थालेको हो ।
‘मैले नबुझेको हो वा बढी बुझेको हो, थाहा छैन । चिनियाँ कम्युनिष्ट पार्टीले झै अन्तरराष्ट्रिय भाईचारा भन्दै भारतीय कंग्रेसले नेपाली कंग्रेस र भाजपाले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दवाव,प्रभाव,हस्तक्षेप दिनथाले नेपालको स्वाभिमान, सार्वभौमिकता, जनताको निर्णायकत्वको के हाल होला ?




