कोशी प्रदेश

संखुवासभामा प्रचण्ड – नेपाल समूहको विरोधसभा


संखुवासभा । विभाजित नेकपा प्रचण्ड नेपाल समुहले जिल्लाको खाँदवारीमा विरोध सभा सम्पन्न गरेको छ ।
विरोध सभालाई नेकपाका केन्द्रीय सदस्य राजेन्द्र कार्कीले वर्तमान नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध भएको विरोध प्रदर्शनमा संघीय संसद विघटन गैरसंबैधानिक भएको जिकिर गर्दै संसद पुनस्र्थापना नभएसम्म आफूहरु सडकबाटै आन्दोलन छेडेर संसद पुनरस्थापना गर्न लागिपर्ने बताए । यसैगरी जिल्ला कमिटी अध्यक्ष हेमराज घिमिरेले समेत असंबैधानिक रुपमा संसद विघटन गरेको विषयमा भन्दै आक्रोश पोखेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति संखुवासभाका सुमन शाक्य, नेकपाका नेताहरु उमेशकुमार डाँगी, इन्दिरा मिश्र, मानसिं पोखरेल, लगायतले सभालाई सम्बोधन गरेको जिल्ला पार्टी सचिव कृष्ण जिमीले जानकारी दिए । विरोध जुलुस खाँदवारी बजारको विभिन्न भागमा परिक्रमागर्दै पोखरीमा वजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

अघिल्लो साझ नेकपा प्रचण्ड नेपाल समर्थक अखिल विद्यार्थी संगठनले राँके जुलुस समेत प्रदर्शन गरेको पार्टी सचिव जिमीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *