रामेछाप । रामेछाप जेसिजको अध्यक्षमा जीवन कार्की निर्वाचित भएका छन । सदरमुकाम मन्थलीमा सम्पन्न जेसिजको छैटौ जिल्ला अधिवेशनले वर्ष २०२१ का लागि अध्यक्ष पदमा कार्कीलाई निर्वाचित गरेको हो ।
अध्यक्ष पदका लागि भएको मतदानमा २१ मत प्राप्त गरी कार्की निर्बाचित भएका हुन भने उनका प्रत्यासी रामकुमार बस्नेतले १७ मत प्राप्त गरेका थिए ।

साधारणसभाबाट कार्यकारी उपाध्यक्ष द्वय सरस्वती राय र प्रज्वल बुढाथोकी चयन भएका छन । यसै गरी उपाध्यक्षहरुमा क्रमश धिरज खत्री,संगिता श्रेष्ठ,कुमार श्रेष्ठ र सन्तोष भट्टराई चयन भएका हुन ।
विधानको व्यवस्था अनुसार अध्यक्षले मनोनित गर्न पाउने महासचिव र कानूनी सल्लाहकारमा क्रमश सन्तोष खत्री र रामहरी सापकोटालाई पनि शनिवार नै मनोनित गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

जेसिज २०२० का अध्यक्ष गोपाल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन मन्थली शहिद स्मृति वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठले गरेका थिए ।
सो अवसरमा जेसिजका पूर्ब अध्यक्षहरु भिमसेन बस्नेत, जनक लामा, प्रदिप कुमार बस्नेत, गुण राज भट्टराई (आकाश), र रामहरी केसी लगायतले आ–आफ्नो मन्तब्य राखेका थिए ।
जेसिजले विगतका वर्षहरू देखिनै जिल्लामा बिभिन्न किसिमका सामाजिक कामहरू गर्दै आइरहेको छ ।




