एजेन्सी । बेलायतमा देखापरेको नयाँ कोरोना भाइरसको महामारी अमेरिका, अफ्रिका हुँदै एसियासम्म फैलिएको छ । भाइरसका कारण बेलायतमा तेस्रोत लकडाउन जारी छ ।
छिमेकी देश भारतमा पनि कोरोना भाइरसको नयाँ स्वरुप फेला परेको छ। बेलायतबाट फर्किएका ६ जनामा नयाँ खालको कोरोना भाइरस फेला परेको भारतीय स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। यो भाइरस अझ बढी खतरनाक र तीव्र रुपमा फैलने खालको रहेको बताइएको छ।
भारतको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ६ जना बिरामी आइसोलनमा रहेको र उनीहरुसँग सम्पर्कमा रहेकाहरुलाई क्वारेन्टाइनमा राखिएको जनाएको हो। उनीहरु हालै बेलायतबाट फर्किएको जनाइएको छ। भारतले डिसेम्बर अन्तिमसम्मका लागि बेलायतमा गरिने सबै उडान स्थगित गरेको छ।
भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघिसकेको भने एक लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। भारतमा कोरोना बढ्दा नेपाल धेरै प्रभावित बनेको थियो । अहिले देखिएको नयाँ कोरोना भाइरसले नेपाललाई फेरि प्रभावित पार्न सक्ने आशंका गरिएको छ ।




