कोरोना अपडेट

पछिल्लो २४ घन्टामा ६५९ जना कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देभभर थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाए अनुसार, योसहित हालसम्म देशमा संक्रमितको संख्या २,५८,८४० पुगेको छ ।
मन्त्रालयका अनुसार, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ७१८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २,५०,५८१ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *