समाचार

बेपत्ता युवक मृत फेला

कञ्चनपुर । तीन दिनअघि घरबाट बेपत्ता भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका २१ वर्षीय पङ्कजसिंह कार्की मृत फेला परेका छन् ।

गत बिहीबार बेपत्ता भएका कार्की आज भीमदत्त–३ स्थित खन्नेखोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

‘मृतकको खोजीमा सल्फास नामक विष भेटिएको छ’, प्रवक्ता थापाले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदैछ । प्रहरीले शव परीक्षणका लागि महाकाली अस्पताल पुर्‍याएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *