समाचार

ओलीको कदमविरुद्ध काठमाडौंमा जसपाको बृहत् प्रदर्शन

काठमाडौं । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध आइतबार काठमाडौंमा बृहत् प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम भन्दै जसपा सडक आन्दोलनमा उत्रिएको हो ।

शान्तिबाटिकाबाट शुरू भएको र्यालीमा जसपाका शीर्ष नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, गंगा श्रेष्ठ, नवराज सुवेदीलगायतको सहभागिता छ ।
जसपाले प्रधानमन्त्री ओलीलाई आफ्नो असंवैधानिक कदम सच्याउन आग्रह गर्दै प्रतिनिधिसभा पुनः स्थापनाको माग गरेको छ । जसपाले देशका विभिन्न ठाउँमा लगातार प्रदर्शन गर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *