समाचार

प्रचण्ड, माधव र झलनाथ ओलीको निगरानीमा, खटाइयो घरघरमा गुप्तचर

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको निसानामा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल परेका छन् । तिनै पूर्वप्रधानमन्त्रीका सूचना संकलन गर्न ओलीको निर्देशनमा उनीहरूको घरघरमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) खटाइएको छ ।


नेकपा विभाजनपछि प्रधानमन्त्रीकै निर्देशनमा गुप्तचरले उनीहरुका गतिविधिविरुद्ध निगरानी सुरु गरेको हो । प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नुअघि नै आफूविरुद्ध बोल्ने सबै नेताहरुका क्रियाकलाप, उनीहरुले गर्ने भेटघाटलगायत गतिविधिविरुद्ध उच्च निगरानी राख्‍न निर्देशन दिएको स्रोतले बतायो ।

तयसबेला प्रचण्ड, माधव र झलनाथका पिएसओमार्फत ओलीले सूचना लिँदै आएका थिए । अहिले भने गुप्तचर खटाएको बताइएको छ ।

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्‍त्री कार्यालयकै मातहत छ । स्रोतका अनुसार नेकपा विभाजनपछि प्रचण्ड, माधव र झलनाथ कहाँ जान्छन्, के गर्छन्, कसलाई भेट्छन् ? लगायतका सबै सूचना सूचना संकलन गर्न सक्रियता बढाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *