मुख्य समाचार

प्रदीप नेपालले ओलीलाई साथ दिन सक्दिनँ भनेपछि निराश हुँदै फर्किए भानुभक्त

काठमाडौँ । सत्तारुढ नेकपा विभाजन भएपछि नेताहरू आउने जाने क्रम चलिरहेको छ । पुराना नेतालाई आफ्नो पक्षमा पार्ने सिलसिला पनि सुरु भएको छ ।


यसैक्रममा नेकपाका बौद्धिक र पुराना नेता प्रदीप नेपालले ओली पक्षमा हस्ताक्षर नगर्ने भनेर ठाडै अस्वीकार गरेर भानुभक्त ढकाललाई पठाइदिएका छन् ।

नेता प्रदीप नेपालले प्रचण्ड–माधवलाई साथ दिने भएका छन् ।पार्टी फुटको अन्तिम संघारमा पुगेका बेला केपी ओलीले आफूपक्षीय केन्द्रीय समिति बैठकमा ७५३ केन्द्रीय सदस्य थप्ने निर्णय गरेका थिए ।

त्यसैक्रममा ओली समूहबाट केन्द्रीय समितिको माइन्युटमा दस्तखत गराउन पर्यटनमन्त्री भानुभक्त ढकालको नेतृत्वको टोली नेता प्रदीप नेपालको निवास गोठाटार पुगेको थियो ।


तर, नेपालले ओली समूहको प्रस्ताव अस्विकार गर्दै आफू संस्थापन पक्षमा लागेको जवाफ दिएका थिए । ‘माफ गर्नुहोस् मैले प्रचण्ड माधव कमरेडहरूको माइन्युटमा दस्तखत गरिसकेँ । अन्यत्र गर्न अब मलाई नैतिकताले दिँदैन,’ प्रदीपले भनेका थिए । त्यसपछि ढकाल टोली निराश बनेर फर्केको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *