समाचार

ऊर्जामन्त्री रायमाझीले गरे पद बहाली, एमसिसी पारित गर्नुपर्ने पक्षमा अभिव्यक्ति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पद बहाली गरेका छन् । आइतबार बिहान सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पद बहाली गरेका हुन् ।

मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री रायमाझीले ऊर्जा क्षेत्रका सम्भावनालाई केलाउँदै समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न आइतबार निर्देशन दिए ।

‘हामी ऊर्जामा अझै पनि आत्मनिर्भर हुन सकेका छैनौँ तर पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेका छौँ,’ उनले भने, ‘देश विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने छ समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्नुहोस्।

उनले अमेरिकी सहयोग मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग सम्बन्धित विषय नेपालको पक्षमा रहेको बताए। त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न उनले आग्रह गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *