समाचार

भूमाफिया सहदेव कक्षपति पक्राउ, प्रधानन्यायाधीश जबराकै नाम लिएर ठगी

काठमाडौं । भूमाफिया सहदेव कक्षपति पक्राउ परेका छन् । ठगी काण्डमा फरार रहेका कक्षपतिलाई महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार राति पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख अशोक सिंहले कक्षपतिलाई शनिबार पक्राउ गरेको जानकारी दिए । उनलाई अदालतले सजाय तोकेको थियो ।

कक्षपतिले हाईप्रोफाइल व्यक्तिहरुको नाम जोडी ठगी कार्य गर्दै आएको प्रहरीको भनाइ छ । कक्षपतिसंगै ठगी काण्डमा प्रहरीले रेवती ढकाल र विष्णु श्रेष्ठलाई समेत पक्राउ गरेको छ ।

कक्षपतिको समूहले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको नाममा समेत ठगी गर्दै आएको प्रहरीले जनाएको छ । उनले विभिन्न अपराध गरी सर्वसाधारणलाई ठगी गर्दै आएको र बैँकबाट सर्वसाधारणको जग्गा धितो राखी पैसा निकाल्ने काम गर्दै आएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *