काठमाडौँ । पार्टीभित्रको अन्तरसंघर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तर साथ दिँदै आएका हुम्लाका सांसद छक्कबहादुर लामाले शनिबारदेखि केपी ओलीको साथ छाडेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दा ओली समूहमा लागेका उनलाई केन्द्रीय सदस्य बनाइएको थियो । तर केन्द्रीय सदस्य पद परित्याग गरी नेकपाको प्रचण्ड- माधव समूहमा आएको उनले बताएका छन् ।
लामाले शनिबार वक्तव्य जारी गर्दै पार्टीमा आएको विभाजनले आफूलाई दुःखी बनाएको बताएका छन् । प्रचण्ड-माधव समूह नै मुल पार्टी भएको भन्दै उनले यसमा आवद्ध हुन समेत अपील गरेका छन् ।





