समाचार

भीम रावल भन्छन्, ओली निरंकुश शासक, लोकतन्त्रको खिल्ली उडाए

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई निरंकुश शासकको संज्ञा दिएका छन् । आफैं चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई ओलीले निरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेर उनले संविधान र लोकतन्त्रको खिल्ली उडाएको रावलको आरोप छ ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत नेता रावलले ओलीको कुकृत्यको भण्डाफोर गरेका हुन् । उनले लेखेका छन्, ‘देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथि घात गर्ने प्रधानमन्त्री ओलीले आफै चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्।आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफै पर्दाफास गरेका छन्।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *